सरकारले उच्चस्तरीय छानबिन समिति गठनमा प्रतिवद्धता नजनाएको भन्दैं एमालेले प्रतिनिधि सभा बैठक अवरोध
काठमाडौं । नेकपा एमालेले सुन काण्डमा उच्चस्तरीय छानबिन समिति गठनमा सरकारको प्रतिवद्धता नआएको भन्दै प्रतिनिधि सभा बैठक अवरोध गरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका विषयमा प्रतिनिधिसभामा जवाफ दिए पनि उच्चस्तरीय छानबिन समिति गठनमा सरकारी प्रतिवद्धता नआएको भन्दै एमालेले अवरोध गरेको हो ।
प्रतिपक्ष र प्रतिपक्ष बेन्चमा रहेका राजनीतिक पार्टीहरुले उठाएको विषयमा सरकार जवाफदेही नभएको एमालेले आरोप लगाएको छ । अब अर्का बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्ने छ ।













