२४ श्रावण २०८३, आइतबार

नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए



काठमाडौं । नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराएको छ । कार्ड ढुवानीको क्रममा टेलिकमका ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज हराएका हुन् ।

‘नमस्ते’ ब्राण्डका सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ । यी सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिद बिक्री नगर्न निर्देशनालयले आग्रह गरेको छ ।