७ श्रावण २०८३, बिहिबार

जुर्यो हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ बाँडफाँटको मिति



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार भोलि अर्थात साउन २५ गते बिहान ९ बजे बाँडफाँट हुने भएको छ ।

आइपीओमा अन्तिम दिनसम्म ७ करोड ४३ लाख ५४ हजार रुपैयाँ संकलन भएको छ । ७ हजार ७८६ जनाले १४ लाख ८७ हजार ८० कित्तााको लागि आवेदनन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन थियो ।


प्रतिक्रिया दिनुहोस्