२४ श्रावण २०८३, आइतबार

एसएमई प्लेटफम लागू भए देशको अर्थतन्त्र पाँच वर्षमै तीन गुणा बढ्छ: अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले एमएमई प्लेटफम लागू भए मुलुकको अर्थतन्त्र चलायमान हुने बताए ।

नयाँ ब्रोकर स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताए हुन् । उनले एसएमई प्लेटफम लागू भएको ५ वर्षमा देशको अर्थतन्त्र तीन गुणा बढ्ने बताए । ‘एसएमई प्लेटफमको नयाँ नियमावली तयार भएको छ, अहिले अर्थमन्त्रलयमा पेश गरिएको छ । यो लागू भयो भने मुलुकको अर्थतन्त्र ५ वर्षमा तीन गुणा बढी हुन्छ’– उनले भने ।

वित्तीय क्षेत्रलाई प्रतिस्पर्धी बनाउन बोर्डले तिव्रता साथ काम गरेको बताए । सबैको प्रयास बाट यो कार्य सफल भएको छ । प्रतिस्पर्धा बजार बनाउन बोर्ड भुमिका खेलेको हो । लगानिकर्ता उच्च प्रतिफल आउने काम गर्नु पर्छ ।

वित्त क्षेत्र प्रतिस्पर्धा बनाउनलाई नै बोर्डले ब्रोकर सख्या वृद्धि गरेको उनले बताए । उनले भने,–‘वित्त क्षेत्र प्रतिस्पर्धी बनाउनलाई नै बोर्डले ब्रोकर सख्या वृद्धि गरेको हो । ब्रोकर राम्रो हुनु भनेको बजार सुधार हुनु हो ।’