१८ श्रावण २०८३, सोमबार

‘नयाँ ब्रोकर ल्याउन लगानीकर्ताको ठुलो भुमिका छ, अब बजारले फड्को मार्छ’



काठमाडौं । लगानिकर्ताको ठुलो मेहेनत पछि नयाँ ब्रोकर जन्मेको बताएका छन् । नयाँ ब्रोकर स्वागत कार्यक्रममा बोल्दै लगानिकर्ताले यस्तो बताएका हुन् ।

नेपाल पूँजिबजार लगानिकर्ता संघका उपाध्यक्ष कुमार थापाले नेपाल धितोपत्र बोर्डको ठूलो भुमिका र लगानिकर्ताको अथाह मेहेनेत नयाँ ब्रोकर जन्मको बताएका हुन् । उनले भने, ’ नयाँ ब्रोकर रोक्न पुरानाले ब्रोकरले धेरै काम गरे तर बोर्डको भुमिकाले आज हामि यो दिनमा पुगेउ’

नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुल्सिराम ढकालले नयाँ ब्रोकरको आगमनले बजार फड्को मार्न दिन आएको वताएका छन् । ’आजको दिन एकदमै खुसीको दिन हो । यो खुसिका लागि लगानिकर्ताले धेरै सर्घष गरेका छौ । उनले भने, बोर्डका अध्यक्ष रमेश हमाल नयाँ ब्रोकरको नायक हुनु । आएको दिन एतिहासिक दिन हो अब बजारले अब फड्को मार्न दिन आउँदै छ’