अर्को कार्यकाल दोहोर्याउँदिन, काम गर्न निकै चुनौतिपूर्ण छ: बोर्ड अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले नयाँ ब्रोकर संख्या थप्ने कुरा सामान्य नभएको बताए ।
धितोपत्र ब्रोकर एशोसिएसन नेपालले बुधवार आयोजना गरेको नयाँ ब्रोकर स्वागत कार्यक्रममा अध्यक्ष हमालले यस्तो बताएका हुन् । उनले भने,–‘हामीले नयाँ ब्रोकर थप्ने कुरा सामान्य सिद्धान्त थिएन, नेपालको सम्पूर्ण वित्तीय प्रणालीमा प्रस्तीस्पर्धाको वातावरण सृजना हुनुपर्छ । यसमा ओपन इन्ट्री र ओपन एक्जीट मेकानिजम प्रस्तुत गर्यो, त्यसमा अरु पनि सुशासन र जवाफदेहीता पहिलो पटक नेपालमा पब्लिस गरेका छौं ।’
पुराना ठुला ब्रोकर र नयाँ थपिएका ब्रोकरबीच खुल्ला प्रतिस्तर्धा हुनुपर्ने उनको भनाई थियो । ‘बलियो पुराना ५० वटा ब्रोकर कम्पनीहरु छन् । अब नयाँ आउने ब्रोकर कम्पनीहरुबीच पनि फेयर प्रतिस्पर्धा हुनुपर्छ । फेयर प्रतिस्पर्धाको प्रतिफल लगानीकर्ताले पाउनुपर्छ’–अध्यक्ष हमालले भने ।
धितोपत्र बोर्डले सबै ब्रोकरहरुलाई समान रुपमा हेर्न उनको भनाई थियो । ब्रोकर सबल नभएसम्म बजार सबल नहुने हमालले बताए । उलने भने,– हामीले सबै ब्रोकरलाई समान रुपमा हेर्छ, ब्रोकर सबल भए मात्र बजार सबल हुन्छ । नियमनकारी निकायको तर्फबाट हामी तयार छौं ।’
उनले अब अर्को कार्यकालका लागि बोर्डमा नदोहोरिने बताए । ‘अब सेबोनमा मेरो कार्यकाल धेरै बाँकी छैन, मैले सरकारसँग अर्को कार्यकालका लागि दोहोरिन कमिटमेन्ट पनि गरेको छैन’–अध्यक्ष हमालले भने,–‘ नेपालीको वातावरणमा काम गर्न धेरै चुनौतिपूर्ण छ, मैले अर्को चार वर्ष काम गरे भने म चाँडै बूढो हुन्छु।’
यद्यपि, नेपाली पुँजी बजार विकास र विस्तरामा भने संधै काम गर्ने बताए । ब्रोकरहरुले लगानीकर्ता सेयर सचेतना पनि गराउनुपर्ने उनको भनाई छ । ‘बुझ्ने मान्छेले मात्रै लगानी गर्नुपर्यो, आईपीओ खुल्यो भन्दैमा त्यसमा दौडिन जरुरी छैन, कम्पनीहरु छान्नुपर्यो, सबै दोष नियामकलाई दिइयो भने एउटै फाइल एपरुप्ड हुन पाँच वर्ष लाग्छ’– अध्यक्ष हमालले भने ।
नेपालमा जति पनि कमजोर कम्पनीहरु आएपनि त्यसमा ओभर सब्सक्राइब हुने गरेको उनको भनाई छ । ‘१० कित्ते नीतिको प्रभाव भनौं जुन सुकै जति कमजोर कम्पनी आएपनि ओभर सब्सक्राइब हुने गर्छ । मार्केट हो प्राइज अप एण्ड डाउन हुन्छ, बढे खुशी हुने घटे सेबोनलाई धारे हात लगाउने ? त्यसरी सम्भव हुँदैन, नियमकले त्यसरी काम गर्न सक्दैन’–अध्यक्ष हमालले भने ।
अबको चुनौतिको भने लगानीकर्ता बुझाउनुपर्ने उनको भनाई छ । प्रविधिको प्रयोग बिना विकास सम्भव नरहेको हमालले बताए । ‘हाल पुँजी बजारमा सूचीकृत कम्पनी पर्याप्त नभएको उनको भनाई छ । हालसम्म २५० वटा मात्रै कम्पनी सूचीकृत छन्, यो पर्याप्ता होइन । थप सूचीकृत कम्पनी ल्याउन जरुरी छ, त्यसपछि ब्रोकरको पनि भोलुम ठुलो हुन्छ र बाउन्ड्री पनि पनि बढ्छ’–अध्यक्ष हमालले भने, ‘अहिलेको प्रगति पर्याप्त छैन ।सूचीकृत कम्पनी बढाउन सके राज्यको राजश्व वृद्धि पनि बढ्छ ।’













