९ श्रावण २०८३, शनिबार

मासु र श्रममा प्रयोग हुने पशुको बीमा गर्न विशेष नीति ल्याउँदै प्राधिकरण



काठमाडौं । नेपाल बीमा प्राधिकरणले मासु र श्रमको लागि प्रयोग गरिने पशुको बीमा गर्न छुट्टै बीमालेख ल्याउने भएको छ । हाल प्रचलित पशुधन बीमालेखले त्यस्ता पशुहरुलाई समावेश गरेका छैन ।

त्यसमाथि माशु र श्रमका लागि प्रयोग गरिने पशुहरुको जोखिम पनि धेरै हुन्छ । सोहीअनुसार प्राधिकरणले मासु र श्रममा प्रयोग हुने पशुको बीमा गर्न छुट्टै बीमा पोलिसी जारी गर्न लागेको हो ।

यद्यपि, उक्त बीमालेख नआएसम्म अहिले प्रचलित पशुधन बीमालेखबाटै त्यस्ता पशुको बीमा गर्न सकिने गरि प्राधिकरणले हालै परिपत्र जारी गरेका छ । अहिले सुंगर, बंगुर, खसी, राँगा लगायत पशु मासुको लागि पनि प्रयोग गरिन्छ । साथै, खच्चड, घोडा, गोरु, राँगाहरु श्रमका लागि पनि प्रयोग गरिन्छ ।

भारी बोक्न खच्चड, खेतबारी जोत्न गोरु र राँगा, मान्छे चढ्न घोडा प्रयोग हुन्छ । अब त्यस्ता प्रजातीका पशुको लागि छुट्टै पोलिसी ल्याउने प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्