७ श्रावण २०८३, बिहिबार

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरेको हो ।

आइपीओमा अन्तिम दिनसम्म २७ हजार २ सय ३६ जनाले आवेदन दिएका थिए । क्यापिटलका अनुसार ५ जनाको आवेदन रद्द भएको छ । योग्य २७ हजार २ सय ३१ जनालाई आइपीओ बाँडफाँट गरेको हो । जसमा १४ हजार ६ सय २५ जना आवेदनले २० कित्ताको पाएका छन् । १२ हजार ६ सय ६ जना आवेदकको हात रित्तो भएको छ ।

आइपीओको नतिजा यी तीन तरिकाबाट हेर्ने सकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 
बिक्री प्रबन्धकको वेबसाइट: https://www.globalimecapital.com/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login

कम्पनीले साउन ४ देखि साउन १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रति कित्ता ५० रुपैयाँ मै आईपिओ निष्काशन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्