२४ श्रावण २०८३, आइतबार

एभरेष्ट बैंकद्धारा सेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह



काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेयरधनीह्रुलाई पुराने लाभांश लिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०५५/५६ देखि २०७४/७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको हो ।

यस अवधिमा साधारण सेयर र अग्राधिकार सेयरको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको सेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन सक्नेछन् ।

साथै, पुरानो लाभांश लिन १ हजार ९७० जना सेयरधनीहरु रहेको कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।