भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँट, यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्टले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा आईपीओ विक्रीमा ल्याएको थियो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रूपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आइपीओ निष्कासन गरेको थियो ।
कम्पनीले ८५ लाख ८१ हजार १०० रूपैयाँ बराबरको ८५ हजार ८१० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गरिएको आईपीओ ८ हजार ५८१ जना आवेदकहरूले १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ ।
आइपीओ यी तीन तरिकाबाट हेर्न सकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.siddharthacapital.com/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login














