लक्ष्मी क्यापिटलको दुई म्युचुअल फण्डको बुक क्लोज मिति तय
काठमाडौं । लक्ष्मी क्यापिटलले संचालन गरेको दुई म्युचुअल फण्डको लाभांश वितरणको लागि बुक क्लोजको मिति तय भएको छ । लक्ष्मी म्युचुअल फण्ड र लक्ष्मी उन्नती फण्डको साउन ३२ गते बुकक्लोज गर्ने निर्णय गरेको हो ।
यस अनुसार साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
दुवै म्युचुअल फण्डले गत आर्थिक बर्षको मुनाफाबाट लक्ष्मी इक्विटी फण्डको ८ प्रतिशत र लक्ष्मी उन्नती कोषको ९.५ प्रतिशत नगद लाभांश (कर सहित) लाभांश इकाइधनीहरुलाई वितरण गर्ने भएका छन्।
दुवै फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।















