सनराइज फर्स्ट म्युचुअल फण्डद्धारा लाभांश घोषणा
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले लाभांश घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७९।०८० का लागि कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कुल १३ करोड ७६ लाख रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।














