२४ श्रावण २०८३, आइतबार

१० वर्ष देखि कारोबार नभएका खाता नविकरण गर्न एभरेष्ट बैंकको आग्रह



काठमाडौं । एभरेष्ट बैंकको १० वर्ष भन्दा बढी समयाअवधि देखि कारोबार नभएको खाता नविकरण गर्ने ग्राहकहरुलाई आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा नेपाल राष्ट्र बैंकद्धारा नारी गरिएको एकीकृत निर्देशिका २०७९ को ई.प्रा निर्देशन नं १६ बमोजिम यस बैंकका खाता खोलिएको तर १० वर्ष देखि कारोबारमा नआएको हुनाले बैंकले खाता सञ्चालन गर्ने आग्रह गरेको हो ।

ग्राहकहरुले आफ्नो खाता सम्बन्धी आवश्यक कागजात संकलन गरी सम्बन्धीत शाखा कार्यालयमा सम्पर्क गरी खाता अधावधिक गराउन आग्रह गरेको छ । साथै, नविकरण नभएको खातावलाको नाम विवरणहरु बैंकको वेबसाइट www.everestbankltd.com मार्फत रहेको बैंकले जानकारी दिएको छ ।