२४ श्रावण २०८३, आइतबार

कुमारी क्यापिटलको दुई म्युचुअल फण्डको लाभांश घोषण, कुनको कति ?



काठमाडौं । कुमारी क्यापिटलले दुई योजनाका इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले कुमारी म्युचुअल फण्ड (KEF) अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि (KDBY) योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

कुमारी इक्विटी फण्डले कर सहित १० प्रतिशतका दरले र कुमारी धनवृद्धि योजनाले कर सहित ६ प्रतिशत लाभांश घोषणा गर्ने निणर्य गरेको हो । यी योजनाहरुको कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेड रहेको छ ।