२४ श्रावण २०८३, आइतबार

सांसद शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरियोः काँग्रेस सांसद घिमिरे



काठमाडौं । नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरिएको बताएका छन् ।

शुक्रवार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सुन तस्करी प्रकरणमा मन्त्रीहरुको राजीनामा मागेको प्रतिशोधमा डा। शर्मालाई पक्राउ गरिएको र यसबारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिनुपर्ने बताए । उनले संसद चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने भन्दै अनुसन्धानका लागि बयान लिने बाटो रोज्न सक्नेमा त्यसो नगरी गिरफ्तार गर्नुले प्रतिशोध साँधेको स्पष्ट हुने बताए ।

उनले भने, ‘डा। सुनिल शर्माको गिरफ्तारीको विषय उठेको छ । सबै सांसदहरुले उक्त विषय गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो । सामान्य केसमा यसरी संसद च्लिरहेको बेलामा यसरी सांसदलाई पक्राउ गर्नु एक प्रकारको गैरकानूनी काम हो । गैरसंसदीय अभ्यास पनि हो । उहाँले यसभन्दा अघि केही मन्त्रीको राजीनामा माग्नुभयो, त्यही अभिव्यक्तिलाई लिएर पक्राउ गरिएको हो भन्ने यो प्रतिशोध प्रधानमन्त्री, गृहमन्त्री हुनुहुन्छ, उहाँले संसदमा यो जवाफ दिनुपर्ने थियो । कसले गरेको हो, किन गरियो रु यो भन्दाअघि पनि अप्रेशन चलाइएको थियो, केही मानिसलाई धरौटीमा छोडियो, सबै छुटे पछि । संसद चलिरहेको बेलामा सांसदलाई यसरी गिरफ्तार गर्नुपर्ने बाध्यता किन भयो रु यसका लागि कानूनी अन्य बाटो हुनसक्थे, बयान हुनसक्थ्यो । अरु बाटो हुनसक्थे तर उहाँलाई प्रतिशोधको भावनाले पक्राउ गरियो । यसको जवाफ गृहमन्त्रीले दिनुपर्छ ।’