२४ श्रावण २०८३, आइतबार

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई स्वास्थ्य, होटल तथा रेष्टुरेन्टमा विशेष छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता सम्पन्न भएको छ ।

बैंककले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको हो । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले विरगंज, पर्सामा अवस्थित मंगलम डायग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १०प्रतिशत छुट , सिमरा बारामा अवस्थित होटल क्विक – २० र रिभर साइड प्रालिका सेवाहरुमा अधिकतम १० प्रतिशत, हेटौडा मकवानपुरमा अवस्थित रिगल हेटौंडा रिसोर्ट प्रालिका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट रहेको छ । साथै, धनगढी कैलालीमा अवस्थित निसर्ग अस्पताल प्रालिको सेवाहरुमा अधिकतम २०प्रतिशत, हेटौडा मकवानपुरमा अवस्थित विशुद्ध मोमोचाका सेवाहरुमा १० प्रतिशत, र भरतपुर चितवनमा अवस्थित काबिलाश रिसोर्ट र फनपार्कका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।