२४ श्रावण २०८३, आइतबार

पहिलो दिनमै घोराही समेन्ट लगानीकर्तालाई झड्का: सेयर मूल्यमा नकरात्मक सर्किट, झण्डै साढे ४ लाख कित्ता बिक्री



काठमाडौं । कारोबारमा आएको पहिलो दिन नै घोराही सिमेन्टको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

आइतबार कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ५६ रुपैयाँ ५० पैसाले घटेको हो । पहिलो दिन कम्पनीको सेयर मूल्य ५०९ रुपैयाँ कायम भएको छ ।

आइतबार कम्पनी सेयर प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा कारोबार खुलेको थियो । तर, पहिलो दिनमै कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो ।

तर, कम्पनीको सेयर कारोबार भने उच्च देखिएको छ । आइतबार कम्पनीको २३ करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पहिलो दिनमै कम्पनीको ४ लाख ४६ हजार ६८७ कित्ता सेयर खरिदबिक्री भएको हो ।