२४ श्रावण २०८३, आइतबार

पर्यटन मन्त्री बन्दै हित बहादुर तामाङ



काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी हित बहादुर तामाङ दिने तयारी भएको छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद हेरफेर गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तामाङलाई प्रदान गर्न लागेको बताइएको छ । हाल सुदन किराँतीले सो मन्त्रालय सम्हाल्दै आएका थिए ।

उनको ठाउँमा तामाङ ल्याउन लागिएको स्रोतको भनाई छ । पर्यटन मन्त्रालयको जिम्मेवारी तामाङ्लाई दिने भएता पनि निर्णय भने भइसेको छैन ।

तामाङ नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित संसद हुन् । उनले २०६६ सालमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालको पालामा युवा तथा खेलकुद मन्त्री पनि बनेका थिए ।

उनी नेपाली राजनीति र नुवाकोटको प्रभावशाली नेताको रुपमा परिचित छन् । उनले नेपाली राजनीतिमा ४ दशक बढी जीवन बीताएका छन् ।