अर्थमन्त्री महतले किन बोलाए गभर्नर र वाणिज्य बैंक सीइओहरुबीचको बैठक ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंकरहरुबीच छलफल गर्ने भएका छन् ।
उनले आइतबार साढे ५ बजे नेपाल राष्ट्र बैंकका गभर्नर र सम्पूर्ण वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई बैठकमा बोलाएका हुन् ।
मन्त्रालयमा डाकिएको सो बैठकमा ब्याजदर, बढ्दो खराब कर्जा लगायतको विषयमा छलफल हुने बताइएको छ ।
माैद्रिक नितीमा हिडन दबाब दिएका अर्थमन्त्री महतले व्यापारी चिढिएपछी बैंकर र राष्ट्र बैंकविच समन्वय गराउन बैठक डाकेका हुन् ।













