२४ श्रावण २०८३, आइतबार

सरकारले निर्माण व्यवसायीले काम नै गर्दैनन् भन्ने भ्रम छर्ने काम गर्योः महासंघ अध्यक्ष सिंह



काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानीको धर्ना दिएका छन् । सोमबार ९ बुँदे माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् ।

आन्दोलन गरेको १६ दिनसम्म पनि सरकारले निर्माण व्यवसायीहरुका आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सडक विभागमा तालाबन्दी गर्ने आफ्नो अधिकारलाई सरकारले नदिएको बताएका हुन् । उनले भने, सरकारले सडक विभागसम्म जान नदिए सडक जाम गर्छौ । व्यवसायीहरुको भुक्तानी नदिने र निर्माण व्यवसायीहरुले काम नै गर्दैनन् भन्ने भ्रम छर्ने काममा उद्धत भएको छ ।

सरकारले सार्वजनिक खरिद नियमावलीको नियम ६ लाई कडाइकासाथ लागू नगरेसम्म, बिना बजेटका योजनाहरु खारेज नगरेसम्म र पूर्वतयारीका योजना खारेज नगरेसम्म आन्दोलनमा जारी राख्ने चेतावनी दिए ।