राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने भने, ‘प्रार्लामेन्ट इज हाईज्याक’
काठमाडौं । केहि साता यता निरन्तर संसद अवरोध भइरहेको छ ।
सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले सांसद अवरोध गर्दै आइरहेको छ । सोहि विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसद हाईच्याक भएको बताएका छन् । उनले समाजिक संजाल मार्फत ‘प्रार्लामेन्ट इज हाईज्याक’ भनेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो ।














