७ श्रावण २०८३, बिहिबार

तपाईलाई पर्यो कि अप्पर लोहोरेको आइपीओ ? यी चार तरिकाबाट हेर्नुहोस् नजिता



काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले बत्तीसपुतलि काठमाडौंमा बाँडफाँट गरेको छ ।

कम्पनीको साउन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ५१ करोड ५६ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ । १३ लाख ४५ हजार ४१८ जनाले १ करोड ५१ लाख ५६ हजार ४४० कित्ताको लागि आवेदन दिएका हुन् ।

आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट भएको हो । गोलाप्रथाबाट १ लाख ९५ हजार ३२७ जनाले १०।१० कित्ताका दरले सेयर पाएका हुन् । साथै, सोहि मध्यका ९ जनाले थप १।१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्ने सकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: https://www.nicasiacapital.com/

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login

कम्पनीको बेवसाइटः https://ulkhp.com/


प्रतिक्रिया दिनुहोस्