एक क्विन्टल भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राममात्रै
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ ।
राजश्व अनुसन्धान विभागले बरामद गरेको भनिएको १ क्विन्टल परिमाणकोसुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको हो ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको बताएका छन् ।













