इन्फिनिटी लघुवित्तको जगेडा कोषको आकार बढ्यो, साढे १ करोड बढी मुनाफा, सेयरधनीलाई लाभांश कति ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको मुनाफा १ करोड ६७ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा सार्वजनिक गरेको रिपोर्ट अनुसार यस्तो देखाएको हो ।
तर, कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा ८४.६८ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको मुनाफा १० करोड ९२ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा कम्पनीको ब्याज आम्दानी २४ करोड ७२ लाख २७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३४ करोड ४९ लाख ९५ हजार रुपैयाँ रहेको थियो । ब्याज आम्दानी अघिल्लो आवको तुलनामा २८.३३ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको संचालन नाफा ८५.३७ प्रतिशतले घटेर २ करोड ३५ लाख ८० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको कम्पनीको उक्त नाफा १६ करोड ११ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ, जगेडा कोष ४.३४ प्रतिशतले बढेर १५ करोड ९८ लाख ८४ हजार रुपैयाँ, सापटी २ अर्ब ५२ करोड १५ लाख ६३ हजार रुपैयाँ, वितरणयोग्य नाफा २ अर्ब २६ लाख ५६ हजार रुपैयाँ र खराब कर्जा ४.६४ प्रतिशत रहेको छ । कम्पनीको लाभांश क्षमता ४.५५ प्रतिशत मात्र रहेको छ ।
यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७० पैसा रहेको छ ।













