किन्ने होइन त प्रतिकित्ता ३३५ रुपैयाँमा नै नेपाल पुनर्बीमा कम्पनीको सेयर !
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी विशाल ग्रुप लिमिटेडको नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको प्रतिकित्ता न्यूनतम ३३५ रुपैयाँ तोकिएको हो ।
उक्त सेयर बिक्रीको लागि विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर कित्ता र रकम समेत खुलाई कम्पनीको कार्यालयमा आइपुग्नेगरी आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बक्पनीलले जनाएको छ ।













