मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओमा १० लाख १७ हजार ४५२ जनाले दिए आवेदन
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा १ अर्ब १४ करोड ६१ लाख २१ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन ३० गते साँझ ५ः०६ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताको लागि आवेदन दिएका हुन् । कम्पनीले साउन २८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरेको हो ।
यसअघि नै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेसकेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर जारी गर्न लागेको हो । स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको सेयरमा मध्ये बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। त्यसैगरी कम्पनीले ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ ।
सो आईपीओमा न्यूनतम १० कित्ता अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा साउन ३१ गतेसम्म दिन सकिनेछ । माग बमोजिम आवेदन नपरेको खण्डमा भने भदौ १० गतेसम्म लम्बिनेछ ।
कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
















