चितवनमा एकै साथ ठोक्किए आठ सवारी साधन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चितवनमा एकै साथ ठोक्किए आठ सवारी साधन



काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा एकै साथ आठ सवारी साधन ठोक्किएको छ । शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।

घाइते भएका मध्य सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहान ११ः४० बजे अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको बोलेरो जिपलाई ठक्कर दिएपछि अनियन्त्रित हुँदा थप पाँच वटा मोटरसाइकल पनि ठोक्किएको थियो ।

प्रहरी चौकी गोन्द्राङबाट करिब ५०० मिटर दुरीमा भएको यो दुर्घटनामा १८ जना घाइते भएका र उनीहरुलाई भरतपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्