रिलायबल नेपाल लाइफको आइपीओ पर्यो कि ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रिलायबल नेपाल लाइफको आइपीओ पर्यो कि ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा मूल्यमा सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरेको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटले बाँडफाँट गरेको हो ।

आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा ९ लाख ६० हजारले १०।१० कित्ताका दरले सेयर हात पारेका हुन् ।

कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्ने सकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: https://www.civilcapitalmarket.com/

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login

कम्पनीको बेवसाइटः https://reliablelife.com.np/


प्रतिक्रिया दिनुहोस्