सन नेपाल लाइफको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सन नेपाल लाइफको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओमा पहिलो दिनमा नौ लाख ४५ हजार कित्ताका लागि ७९ हजार ६४४ जनाले आवेदन दिएका हुन् । सिडिएसका अनुसार आज अर्थात साउन ३१ गते साँझ ५ः०६ बजेसम्म २२ करोड ८० लाख ६ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीले आज अर्थात साउन ३२ गतेबाट सर्वसाधारणलाई प्रिमियम मुल्यमा आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्न लागेको हो । प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्