प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई टोटल फिजिकल फिटनेस सेन्टरमा बम्पर छुट
काठमाडौं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि टोटल फिजिकल फिटनेस सेन्टरसँग साउन ३१ गते सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेस सेन्टरको तर्फबाट प्रबन्ध निर्देशकसुमन पण्डितले हस्ताक्षर गरेका हुन । क्यापिटलका ग्राहकहरुले फिटनेस सेन्टरमा सेवा लिदाँ २८ प्रतिशतसम्म छुट पाउनका साथै निशूल्क साउना कुपन पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर टोटल फिजिकल फिटनेस सेन्टरलाई उपलब्ध गराउनु पर्नेछ यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्ष सम्म लिन सक्नेछन् ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको टोटल फिजिकल फिटनेस सेन्टरअत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरणहरु रहेका छन र उक्त फिटनेस सेन्टर मा भर्ना भएपश्चात शुरुमा सात दिनको प्रशिक्षण कार्यक्रम संचालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाईनेछ । खानपानमा समेत ध्यान दिदैं फिटनेस सेन्टरमा Dietician को पनि व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।
















