सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फन्डद्धारा लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा संचालित २ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ ।
सचालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सिद्धार्थ इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का इकाईधनीहरुलाई करसहित ६.५ प्रतिशत नगद लाभांश वितरण गर्नेे निर्णय गरेको छ ।












