शिखर नगरपालिकाका मेयरको दादागिरी, आफ्नै स्वकीय माथि खुकुरी प्रहार ! - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शिखर नगरपालिकाका मेयरको दादागिरी, आफ्नै स्वकीय माथि खुकुरी प्रहार !



काठमाडौं । डोटी जिल्ला शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी प्रहार गरेको खुलेको छ ।

मेयर बलायरका स्वकीय सचिबको काम गर्दै आएका राजेश ठगुन्नाले आफू माथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । टाउकोमा चोट लागेको फोटो पोष्ट गर्दै उनले आफू उपचारका लागि गइरहेको लेखेका छन् । उनले अस्पतालमा भर्ना भएको फोटो पनि फेसबुकमा राखेका छन् ।

उनले भनेका छन्, “तिमिहरु फुर्ति हान्दै गर म उपचारको लागि जाँदै छु ल बाई खुकरी प्रहार शिखरको मेयर दिर्घ बलायरको हातबाट” साथै उनले आफ्नो ठाउँमा ठुलो चोट लागेको हुदाँ उपचारका लागि काठमाडौं जाँदै गरेको समेत भनेका छन् ।

घटनाका सम्बन्धमा बुझ्नका लागि मेयर बलायरको मोवाइल अफ रहेका कारण सम्पर्क हुन सकेन । सो विषयमा बुझ्न सूचना अधिकारी शेर बहादुर कार्कीलाई सम्पर्क गर्दा उनले आफुले फेसबुक मार्फत थाहा पाएको हुदाँ के करण हो भन्ने कुरा बुझि नसकेको बताए ।

उप मेयर सुनिता रावल जोराले सो विषयमा मध्य राति भएको घटना हुदाँ आफुलाई आधिकारी केहि थाहा नभएको बताइन् । “मेयर र ठगुन्ना दुबै छिमेकी हुन् । ठगुन्ना उनका स्वकीय समेत हुन् । राति भएको घटना हो । मेरो घर दिपालय सिलगढीमा हो । आज बिदाको दिन हुदाँ मैले मेयर र ठगुन्ना भाईसँग कुरा गर्ने सकेको छैन” उनले भनिन्न, “नजिककै एक भाईसँग कुरा गर्दा दुबै जना घर मै छन् । बिरामीको अवस्था सामान्य छ भन्ने कुरा पनि थाहा पाए ।”

कुटपिटबारे प्रहरीलाई कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्