अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त



काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

उक्त सेयर रजिष्ट्रार सेवा अन्तर्गत हाइड्रोपावरको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण सेयरहरु सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु क्यापिटल गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्