जिल्ला प्रहरी प्रशासन काठमाडौंमा चालु आ.व.को साउनमा १ हजार २७५ मुद्दा दर्ता - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जिल्ला प्रहरी प्रशासन काठमाडौंमा चालु आ.व.को साउनमा १ हजार २७५ मुद्दा दर्ता



काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गत आर्थिक वर्षको साउन महिनामा भन्दा चालु आर्थिक वर्षको साउन महिनामा अपराधिक घटनामा वृद्धि भएको बताएको छ ।

शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ साउन महिनाको कार्य सम्पादनको तुलनात्मक प्रश्तुतीका लागि आयोजना गरेको पत्रकार सम्मेलन तथा मासिक समीक्षा कार्यक्रममा सो तथ्यांक प्रश्तुत गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा साउन महिनामा २ हजार ६५१ जना मानिसहरु सम्पर्कमा आएको बताएको छ । त्यस्तै २ हजार २८२ जनाले टेलिफोन सेवा लिएको, सिसिटिभी जडानमा कालीमाटीको क्षेत्रमा सोल्टी होटलको सहयोगमा १८ वटा जडान गरिएको, हिरासतमा पुस्तकालय राख्ने सम्बन्धमा प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार र कालीमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको बताएको छ । २०७९/०८० साउन र २०८०/०८१ साउनको महिनाको अपराधको कसुरमा बैंकिङ कसुर मुद्दामा २०७९/०८० साउनमा ५१६ मुद्दा दर्ता भएको जसमा ८१ जना पक्राउ परेकोमा २०८०/०८१ मा मुद्दा दर्ता संख्या ५६० रहेकोमा पक्राउ संख्या २१२ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बताए ।

उनले अघिल्लो आर्थिक वर्ष साउनको तुलनामा ४४ वटा मुद्दा दर्ता संख्या बढेको र पक्राउ पर्नेको संख्या पनि बढेको बताए। उहाँले अभद्र व्यवहारमा मुद्दा दर्ता २३८ भएकोमा पक्राउ पर्नेको संख्या ३६९ र २०८०/०८१ को साउन महिनामा २७९ मुद्दा दर्ता भएकोमा ४३४ जना पक्राउ परेको बताए ।


प्रतिक्रिया दिनुहोस्