भगवती हाइड्रोपावरले मंगलबारदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै, १० कित्ता भर्न कति चाहिन्छ पैसा ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भगवती हाइड्रोपावरले मंगलबारदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै, १० कित्ता भर्न कति चाहिन्छ पैसा ?



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइपीओ ल्याउने भएको छ । कम्पनीले भदौ ५ गतेदेखि सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री भइसकेको छ ।

५ प्रतिशत अर्थात ४२ हजार ९०५ कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा भदौ ८ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ १९ गतेसम्म खुला रहनेछ ।


प्रतिक्रिया दिनुहोस्