नेप्सेमा कुथेली बुखरीको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्सेमा कुथेली बुखरीको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको हो ।

कम्पनीको कुल १२ लाख १८ हजार ६७५ कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण सेयरधनी, वैदेशिक रोजगारीमा रहेका नेपाल,सामुहिक लगानी कोष,स्थानिय बासिन्दाहरु र कर्मचारीहरुको लागि निष्कासन गरेको २ लाख ४३ हजार ७३५ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता गरेर कुल १२ लाख १८ हजार ६७५ कित्ता आइपीओ सूचीकृत गराएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १५९ रुपैयाँ ६७ पैसा देखि ४७९ रुपैयाँ १ पैसा सम्म ओपन रेञ्ज तोकेको छ । अव यो आइपीओ सोमवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्