ठूलो खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने
काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो ।
बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट संचालक स्वेता अधिकारी पन्त तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।













