मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले आज बाँडफाँट गरेको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख ९५ हजार ७० आवेदकले १ करोड ५४ लाख ९३ हजार ४३० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा २ लाख २७ हजार ६६२ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीको आइपीओ यी तीन तरिकाबाट हेर्नेसकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: https://bokcapital.com.np/

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्