१०१ रुपैयाँ मै कुमारी बैंकको सेयर किन्ने मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१०१ रुपैयाँ मै कुमारी बैंकको सेयर किन्ने मौका



काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ लाख ५१ हजार ६९९ कित्ता सेयर लिलामी बिक्री खुला भएको हो ।

जसका लागि न्यूनतम मूल्य १०१ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सोे वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
सेयरमा बैंककै संस्थापक सेयरधनीका साथसाथै अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा भदौ १९ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्