‘लक्ष्मी भ्यालु फण्ड–२’का इकाइ बाँडफाँट
काठमाडौं । ‘लक्ष्मी भ्यालु फण्ड–२’का इकाइ बाँडफाँट भएको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालिन फण्डको इकाई भदौ ४ गते बाँडफाँट भएको हो ।
लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा म्युचुअल फण्डका इकाइहरु बाँडफाँट गरिएको हो । गत साउन ५ गतेदेखि साउन १९ गतेसम्म यो योजनाका इकाइहरु बिक्री खुला गरेको थियो । लक्ष्मी भ्यालु फन्ड–२ को कुल ८ करोड इकाई निष्कासन भएको थियो । यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई छुट्याएको थियो । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको थियो । यो १० वर्षे योजना हो ।















