अन्तत सरकार सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन बाध्य, सर्वदलीय बैठक बोलायो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अन्तत सरकार सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन बाध्य, सर्वदलीय बैठक बोलायो



काठमाडौं । ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने नेकपा एमालेको मागमा सरकारले सहमति जनाएको छ ।

आज २ बजे दलहरूको बैठक बसेर उच्चस्तरीय छानबिन समितिको विषयमा निर्णय हुने बताइएको छ । एमालेले यही माग राख्दै केही साता याता निरन्तर संसद बैठक अरूद्ध गर्दै आएको छ ।

समितिमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक बस्ने स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्