हिलटन हाइड्रो इनर्जीले आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिलटन हाइड्रो इनर्जीले आइपीओ निष्कासन गर्ने



काठमाडौं । हिलटन हाइड्रो इनर्जी लिमिटेडले भदौ २८ गते दोस्रो साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव मुख्य एजेण्डा बनाएको छ । साथै सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुत्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्