हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६७ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६७ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६७ हजार ४८१ कित्ता बिक्रीमा ल्याएको हो ।

जसका लागि न्यूनतम मुल्य २०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ ६ गते) ले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरीद गर्न कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम सर्वसाधारणका लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्