थप ३८ लाख कित्ता आइपीओ आउदैं, बोर्डबाट पायो एक कम्पनीले अनुमति
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्रबाट अनुमति प्राप्त गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्नेछ ।
अब कम्पनीले पहिलो चरणमा बैदेशिक रोगजारीमा रहेका नेपाली कामदार र आयोजना प्रभावितलाई निष्कासन गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणका आइपीओ निष्कासन गर्नेछ ।
















