वर्षाका कारण कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

वर्षाका कारण कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित



काठमाडौं । दुई दिनदेखि कर्णालीमा हवाई उडान प्रभावित भएको छ । केहि दिन यता लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो ।

डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । डोल्पामा सडक पुगेपनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न अझै समस्या छ । खोलामा पानीको सतह बढेका कारण यात्रामा चुनौती हुँदै आएको हो ।


प्रतिक्रिया दिनुहोस्