संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने
काठमाडौं । संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जानकारी दिए।
“संसदीय समितिका सभापतिहरुको अविलम्व निर्वाचन गर्नुपर्ने, टुंग्याउनुपर्ने विषयमा भयो । ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरुको निर्वाचन हुनेछ” उनले भने, “१० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ । यसरी अब प्रतिनिधि सभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । आजै सूचना प्रकाशित हुनेछ ।आज यही महत्वपूर्ण निर्णय भएको छ ।”












