रिडी पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।
कम्पनीले १ बराबर ०.५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
हकप्रद निष्कासन पछि कम्पनीको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।













