अर्थतन्त्र जटिल मोडमा छ, सरकारले पनि संकुचित बनाउने नै नीति ल्यायो: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्थतन्त्र जटिल मोडमा छ, सरकारले पनि संकुचित बनाउने नै नीति ल्यायो: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ



काठमाडौं ‌। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अर्थतन्त्र संकुचित नै बनाउने नीति लिएको बताए छन् । जाम नेपालको दोस्रो वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

अर्थतन्त्र जटिल मोडमा पुग्दा समेत सरकार गम्भीर नभएको उनकोे आरोप छ । अर्थतन्त्र निकै धरासायी भएको अबस्थामा सरकारले लिएको नीति दिगोपनका नभएको उनको तर्क थियो ।

‘सरकार ब्यबसायीका समस्या समाधानका लागि कहिल्यै गम्भीर भएन । राज्यले व्यवसायीलाइ भिजन दिनु पर्छ’ उनले भने, ‘समस्या समाधान गर्न आधार तयार पार्नु पर्छ । अर्थतन्त्र संकुचित नै बनाउने सरकारले निति बनायो’ ।

ब्यबसायीले आफ्नो दुःखको अभिभावक नपाएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ‌। सडक बिस्तार समेत सरकारले फड्को मार्नु पर्छ अबस्था छ ।

श्रेष्ठले भने, ‘सडक दुर्घटना समेत सरकारले निश्चित नीतिहरु तयार पार्नु पर्छ । आवश्यकता अनुरुप सबै तहमा सडक विस्तार गर्नु पर्छ’ ब्यबसायीहरुको आत्मबल निकै कमजोर भएको हुँदा सबैले सहयोग र सहकार्यको अपेक्षा गरेको श्रेष्ठको भनाई रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्