छुट्नु होला है ? भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज (भदौ ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको हो । यसमा ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री भइसकेको छ ।
५ प्रतिशत अर्थात ४२ हजार ९०५ कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा भदौ ८ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ १९ गतेसम्म खुला रहनेछ ।
















