मुक्तिनाथ विकास बैंकको सेयर खरिद गर्ने हो ? आजदेखि आयो बिक्रीमा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर सख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।
उक्त सेयर खरिद गर्ने चाहने विद्यमान अन्य संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ ८ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय हात्तिसार काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













